Pages

Friday, February 28, 2014

गजल (मेरी बुढी )

मलाइ हेर्दै रिसले होला फतफताउछे बुढी 
कुटुला झैँ गर्दै सारी टकटकाउछे बुढी !!

दिनै भरी हाँप र झाँप कामले गर्दा होला 
भाँडा माझ्दै जुठेल्नामा निधाउछे बुढी !!

आफ्नी बुढी सम्हालेर उठाएर ल्याउँछु 
निन्द्रामै पो गालि गर्दै बर्बराउछे बुढी!!


मायाँ गरी घर धन्दा सघाउन गए 
भए जती जुठा भाँडा मझाउछे बुढी!!

लोडसडीङ्गको अँध्यारोमा चाइदैन बत्ति 
अँधेरामा जुनतारा झैँ चम्चमाउछे बुढी!!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: