Pages

Friday, February 28, 2014

सुकुमार कोमल ति पाखुरा झन् आहा!
अन्नपूर्ण हिमाल झै चुचुरा झन् आहा!

हृदयमा प्रेम गंगा वक्ष माथी हिमाल 
पछ्यौरिले छोपी राख्या टाँकुरा झन् आहा!

बिना बृक्ष फलेका ति बेलौतीका दाना
दानामाथी ठोसाठोसा निगुरा झन् आहा!













यौवनको राप फाल्ने तलाउ भित्र चुल्हो 
भिजेको त्यो चुल्हो जल्ने दाउरा झन् आहा!

गाउँलेको के कुरा भो लोभिने छन् कृष्ण 
तलाउ माथी हरा भरा मथुरा झन् आहा!

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: