Pages

Wednesday, March 05, 2014

गजल

बाँझैँ होला रुख्खै होला मलिलो त कहाँ छ र?
जिन्दगीको गोरेटो हो सजिलो त कहाँ छ र?

भोगाई नै जिन्दगी हो लडे पछी उठ्न जाने 
स्वादै यस्को अमिलो हो रसिलो त कहाँ छ र? 

जूनेलीले शित पोख्छ तप्प तप्प अंधेरीमा
उध्रिएको छानो न हो पारिलो त कहाँ छ र?


आँशु पिउदै अघाएको धेरै भयो मैले पनी 
प्यास मेट्ने बानी परें अमिलो त कहाँ छ र?

सेतो वस्त्र कालो मन भएका ए शहरीया हो 
धुस्रे मुस्रे छ गाउँले सुकिलो त कहाँ छ र? 

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: