Pages

Monday, March 17, 2014

गजल

(मेरा बुवा अझै पहलमान हुनुहुन्छ म मरन्च्याँसे किन?)


अझै पनि मेरो बुवा हलो जोत्न छाड्नु हुन्न 
ह ह भन्दै टाँग मुनी लठ्ठी घोच्न छाड्नु 

जवान थे तै पनि म अबरे सम्म सुती रन्थे 
मिर्मिरेमा भाले बास्दै बुवा उठ्न छाड्नु हुन्न!!

मलाई भन्दा मेरो चिन्ता मेरा बालाई देख्छु अझै 
फोन गर्दा भात खाइस भन्दै सोध्न छाड्नु हुन्न!!

साहायद उ जमनाको त्यो पानीकै करामत होला 
बडेमान घाँसको भारी अझै बोक्न छाड्नु हुन्न!!

यो युगका मान्छेहरु यती पिलन्धरे किन?
नखाएरै मरेका स्याल मलाई भन्न छाड्नु हुन्न!!

जीतु खड्का गाउँले 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: