Pages

Monday, March 17, 2014

गजल (रमाइलो )

दाँया बाँया नहेरी पोइल हिंडीछे 
तल्लाघरे कँचेरी पोइल हिंडीछे!!

हुँदैन थ्यो गर्नु त कलीलैमा विवाह 
बालाखैमा हत्तेरी!पोइल हिंडीछे 

छक्क परे आज म अखबार पढेर 
नौ दिनकी सुत्केरी पोइल हिडिछे!!

आफ्नै जित चाहाने हार्न उ नमान्ने 
घमण्डी थि अब्डेरी पोइल हिंडीछे!!

भन्दै थिए गाउँले जे भयो ठिकै भो 
हाँडी घोप्टे अंधेरी पोइल हिडिछे !!

जीतु खड्का 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: