Pages

Monday, March 17, 2014

गजल (जुठेल्नामै चिहान हुन्छ ...)

गजल

कहिले काहीँ बरालिन्छु सुन्दरीका कुरा सुन्दा 
फेरि आफै सम्हालिन्छु कम्लरीका कुरा सुन्दा!!

कसरी म विस्वास गरौ दिन दहाडै लुटिए पछि 
कायमै छ शान्ति सुरक्षा प्रहरीका कुरा सुन्दा !! 

प्रहरी बाटै लुटिएँ भन्छे लुटिएको रिपोर्ट गर्दा 
कस्को मन नरोला र?बिचरीका कुरा सुन्दा !!

हर साल कोठा बाहाल बढाउने घरबेटी बा 
नडराउनुस् कान्तिपुरी नगरीका कुरा सुन्दा 

जुठेल्नानै चिहान हुन्छ यसरी नै परदेशिए 
मलामीको अभाव छ रे गाउँभरीका कुरा सुन्दा!!

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: