Pages

Monday, March 17, 2014

गजल (स्वतन्त्रता के हो हजुर )

गजल

स्वतन्त्रता के हो हजुर आफै सोचेर हेर्नुहोस
एउटा सुगा पिंजडामा छ छोडेर हेर्नुहोस !!

ब्यर्थै किन सोध्नुहुन्छ परिभाषा जिन्दगीको 
भोगाइ नै जिन्दगी हो लौ भोगेर हेर्नुहोस!!

शौचालय न मन्दिरमा आँत्मा भित्र ईश्वर छ्न् 
आस्था राखे भेट्नुहुन्छ आँखा चिम्लेर हेर्नुहोस!!


त्यती सिधा छैन संसार ई आँखाले देखे जस्तो 
बुझ्ने भए यो सतह माथी उठेर हेर्नुहोस!!

गाउँलेको हँसाइ भित्र वेदना छ मिसिएको 
मेरा शब्द भित्र तपाईं आफै डुबेर हेर्नुहोस!! 

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: