गजल
पिएँ अाज अलिकती किन गाली गर्छौ?
यती सार्हो चनमती किन गाली गर्छौ ?
दुख्दा मुटु टुच्च पिउँछु तिमी भन्छौ जहर
मलाई लाग्छ यै ओखती किन गाली गर्छौ?
नाफा गरी खाएको हुँ हलका गोरु बेची
मास्या छैन साँवाजती किन गाली गर्छौ?
साथी भाई भेला भयौ र पो पियौ आज
पिउँदिन थे हत्तपती किन गाली गर्छौ ?
गर्ने भए गर गाली सुन्दरी र सुरालाई
होइन प्रिये म असती किन गाली गर्छौ?
उता नसा यता गाली मर्छु होला आजै
पोल्यो मुटु भतभती किन गाली गर्छौ?
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment