शुभ-कामना दिउ कि?
समवेदना प्रकट गरु?
अन्योलमा छु म
२४० बर्ष सम्म अच्याचार गर्दै
आएको एक दैत्य रावणलाई
परास्त गर्दै
६०१ नयाँ दैत्य जन्मायौ
दु:ख मनाउ कि म ?
हर्षोउल्लास मनाउ म?
दोधारमा छु
१० बर्ष लामो प्रेमलीला रचाउदै
१९ दिन सम्म लगातार सहावास गर्दै
तिम्रो पेट भित्र शान्ती र सम्बिधानको
भ्रुण बिजारोपन गरी
मन्द मन्द मुस्कुराएका थिए पौने तीन करोड बाउहरु
२ बर्ष पछी पुत्रलाभ हुनेछ भन्ने आशामा
तर बिडम्बना
यतिका बर्ष बितिसक्दा पनि तिम्रो कोख
बाँझै रहयो
सकेनौ जन्माउन शान्ती र संबिधान
हाम्रो बिर्य निस्कृय हो या तिम्रो कोख
बाँझो हो
खुट्याउन गार्हो भो
हामीले त शान्ती र संबिधानको बिज रोपेका थियौ
तिमीले त जन्मायौ
महंगी
भ्रस्टचार
लोडसेडिङ
बलत्कार
अ-शान्ती
अँह यो हाम्रो बिज हुँदै होइन
तिम्रो चरित्रमा दाग लागि सक्यो
यो पक्कै अरु कसैको सन्तान हो
हाम्रो सन्तान कदापी यस्तो हुँदैन थ्यो
खुशीले भनौ या शोकले
एक प्याला पिए मैले पनि
र
बेहोसिमा अचेत भै भन्दै छु
गणतन्त्र शुभ-कामना तिमीलाई
शुभ-कामना शुभ-कामना शुभ-कामना
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment