Pages

Wednesday, August 13, 2014

गजल

दैब तेरो लीला पनि अचम्मकै छ यो
जे जे तैले चाहेको थिस् उही उही भयो!!

एकै झट्का तेरो प्रहार यो छातीमा पर्दा
टुहुरो झै भएको छु सर्बस्व नै गयो !!

खेत बारी सबै खाइस खाइस नाता गोता
मेरो भन्नु संसारमा बाँकी को नै रयो?...


हिजै राती बिचराले आँत्मा हत्या गर्‍यो
सकुन्जेल उस्ले पनी तेरो प्रहार सयो !!

बुध्दले नि आँखा चिम्ले मेरो दु:ख देख्दा
कहिले सम्म देख्दैनस ए पापी दैब तँ यो?

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: