Pages

Monday, June 19, 2017

गजल

बैमान भो राजनीति इमान हरायो 
आदर्श र नैतिकताको निसान हरायो !!

हिजोसम्म माटो मात्रै हराएको थियो 
आज हेर्नुस् सीमानामा जवान हरायो !!

जहिले देखी यो सर्खारले काम गर्न थाल्यो 
गरिबको ओठबाट मुस्कान हरायो !!



साइत हेर्दै सर्खार आफै कोठा सर्नुहुन्छ 
अन्धविश्वास हाबी भयो विज्ञान हरायो !!

चिथोर्नु कि दार्नु मैले संघीयता तिम्रो
गाँऊलेको झुप्रोबाट ओदान हरायो !!

जितु खड्का गाँउले 

मोरन्ह उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: