चल्दैन गुजारा लेखेर गजल !१!
नलाउ भो धक्कु शब्दका आडमा
झर्दैनन जुनतारा लेखेर गजल !२!
नबिर्ष तिमीले टेकेको यो धर्ती
उड्दैनन् छेपारा लेखेर गजल !३!
छन्द र बहरको पिता भो नसम्झ
गार्हा र अफ्ट्यारा लेखेर गजल !४!
आमाका नाउमा बटुल्छौ सान्त्वना
चुक्दैन दसधारा लेखेर गजल !५!
यसैले लेख्दैन "गाउँले"ले गजल
के बन्नु बिचारा लेखेर गजल!६!
जीतु खड्का
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment