Pages

Wednesday, March 07, 2012

गजल ५

बिचारको मन्थन नगर तिमी
बेकारको गन्थन नगर तिमी!!

रमाइलो दुनियाँ हाँसेर हेर
रुवाइ र क्रन्दन नगर तिमी !!

रङमंञ्च होइन जिन्दगी हाम्रो
त्यो नाटक मंञ्चन नगर तिमी!!


दुनियाँको आँखामा आँखानो किन?
अत्याचार झनझन नगर तिमी !!

छुट्यो नाता रहेन संम्बध हाम्रो
अझै बाधा र अड्चन नगर तिमी !!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: