Pages

Friday, January 25, 2019

गजल

छोरी सम्झी नजिस्काउ आमा हुनसक्छ 
आमासँगै बाउपनि भान्सामा हुनसक्छ !!

यो नेपाल प्रहरी हो जे पनि गर्न सक्छ 
समाउदा सुन बुझाउदा तामा हुनसक्छ !!

बाघ कुट्ने भन्दै छन् रे सुन बिराला हो 
प्रहरीको निर्णय हो हचुवामा हुन सक्छ !!

ए सुचिकार दाइ कैची सुस्तरी चलाउनुस 
साडीको फेर लगाउनु छ जामा हुनसक्छ!!

विचार गर प्रिये उपहार माग्नु अघि तिम्ले 
हुन सक्छ गाउलेको बाउ सुदामा हुनसक्छ
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: