Pages

Friday, January 25, 2019

गजल

कुरा सुन्यो हत्तेरिका खतरा झै लाग्छ
उमेर हेर्यो सोर्ह सत्र बचरा झै लाग्छ !!

थाहा छैन दोष कस्को? जवानी वा मेरो
आमा परी लाग्छ छोरी अप्सरा झै लाग्छ !!

चिनाउनेले चिनाइदिए गजलकार हो भन्दै
अँझै मलाई मेरा गजल कखरा झैँ लाग्छ !!




दिनेले त यो छातीमा कयौ चोट दिए 
दुख्दैन त आजभोलि पहरा झैँ लाग्छ !!

गाउँलेलाई गाउँको माया लागेर पो हो कि 
शहरपनी भिर पाखा कन्दरा झैँ लाग्छ !!

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: