Pages

Friday, February 01, 2019

गजल

क्वाटर हैन आधा होइन पुरा सोच्न भ्याईहाल्छु 
साँझ पर्दै नपर्दै म सुरा सोच्न भ्याईहाल्छु !!

मुस्कुराउदै जब उनी मेरो नजिक आइपुग्छिन
घरवार सोच्न भ्याइहाल्छु भुरा सोच्न भ्याईहाल्छु!!

एउटा कुरा माग्छु हजुर दिनुहुन्छ मलाइभन्दा 
उपहारमा सिन्दुर टीका चुरा सोच्न भ्याईहाल्छु!!

कृस्टिना र क्याट्रिनाको प्रेम पत्र आउछ जब
आलिया सोच्न भ्याईहाल्छु नुरा सोच्न भ्याईहाल्छु !!

पराया नै आफ्ना लाग्छन आफ्ना सम्झी आए कोही 
आफन्तले घोचिरहने छुरा सोच्न भ्याईहाल्छु !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: