Pages

Friday, February 01, 2019

गजल

बिमर्ष गरियो विचार गरियो 
सोचेर जिन्दगी चिरफार गरियो!१!

दु:खमै डुबेको भेटियो जिन्दगी 
मायाले उठाइयो सु-सार गरियो!२!

यो भाग्य लेख्ने त हत्केला रहेछ 
निर्धारण आफूले निधार गरियो!३!

हेर्नु छ बसेर देश चल्छ् चल्दैन?
भाषण चै मन्चमा धुँवादार गरियो!४!

मृत्‍युको मुखमा हालेर जिन्दगी 
खाडीमा जवानी ब्यापार गरियो !५!

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: