Pages

Friday, February 01, 2019

गजल

जिन्दगी भन्नु नै बैगुणी रहेछ 
खुशी त खोज्नु नै नहुनी रहेछ!१!

सुदामा भएर म खुशी खोज्दै थे 
भेट्टाए कंश र सकुनी रहेछ !२!

जूनी जूनी सम्म फेरी जन्मु भन्थे 
भोगेरै नसक्ने यै जूनी रहेछ !३!

यी मान्छे दुनियाँ रुवाइ रहन्छन्
हँसाउने मात्र त्यै कुटुनी रहेछ !४!

जलाउने दुनियाँ जलाई राखून 
सत्यता अन्तिम त्यै धुनी रहेछ !५!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: