Pages

Thursday, June 02, 2011

गजल

मेरो भोक मर्ने गाँस चाइयो नयाँ नेपालमा
मेरो शिर लुक्ने बास चाइयो नयाँ नेपालमा ||


एकतामा बाँधी राख नगर कुरा बिखण्डनको
मैले पनि बाँच्ने आश चाइयो नयाँ नेपालमा ||


थरुहट लिम्बुवान नभन बसौ मिलिजुली
ढुक्क भई फेर्ने सास चाइयो नयाँ नेपालमा||


नेपाली हौ सबै हामी नगर कुरा जात भातको
पहिचान हाम्रो खास चाइयो नयाँ नेपालमा ||


मैले पनि बराबरी पाउनु पर्छ अधिकार
स्वतन्त्रको न्यानो आभास चाइयो नयाँ नेपालमा ||


जीतु खड्का
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: