Pages

Thursday, June 02, 2011

गजल

गुप्तअँग  देखाएर पिडौला त नछोप भो
आफै इज्जत लुटाएर गोही आँशु नपोख भो |१|


नौलो स्वाद चाख्न खोज्यौ पल्किएर बजारमा
मेटाएर यौबन प्यास आफ्नै मुल्य नतोक भो |२|


कस्ले ठेल्यो दलदल भित्र?लायौ दाग पछ्यौरीमा
लगाएर कालो दाग सेतो खास्टो नबोक भो |३|


हेक्का राख समाजको पछुताउनु पर्ला तिमी
झुकाएर ठाडो शिर आफ्नै ओठ नटोक भो |४|


आजै रोक तिम्रा पाइला गार्हो होला फर्कन लाई
कु-कर्मको आगो बल्ला अगुल्टो त्यो नठोस भो |५|



जीतु खड्का(गाँउले)
मोरङ उर्लाबारी


Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: