पसिनाको खोला रै'छ गरीबको जिन्दगानी
रित्तिएको झोला रै'छ गरीबको जिन्दगानी ||
आङ छोप्ने धरो छैन जोती खाने गर्हो छैन
भोकै मर्ने चोला रै'छ गरीबको जिन्दगानी ||
तप्प तप्प शित चुदा सिरेटोले टाउको दुख्छ
मुटु घोच्ने सोला रै'छ गरीबको जिन्दगानी ||
शिर छोप्ने छानो छैन साँझ खाने मानो छैन
ग्यास्टिक अनी गोला रै'छ गरीबको जिन्दगानी ||
जीतु खड्का (गाउले)
मोरङ उर्लाबारीहाल साउदी अरब
![]() |
मलाई आश्वासन हैन खाना देउ मलाई ममता हैन नाना देउ || |
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment