धुप मानेर जलाईदियौ जली रहे ।
दिलमा आगो सल्काइदियौँ बली रहे ।
किन यसरी पराइ हुन्छौँ कालु ।
तिमी आउँने बाटो हेरी गली गरे !!!
शिथिल भो पाइला,रोकिए चाहना ।
एक्लो हुँदै जिउँन खोज्नु छ बहना ।
दया गर्नु नगरे पनि माया निरुलाई ।
पोख्दैछु कस्ले पो सुन्छन मेरो भावना । ।
सुन्दर एउटा नेपाल मेरो देश छ ।
ढाका टोपी सुहाउँने प्यारो भेष छ ।
गर्नु गर्यौँ कु-पूत्र नेता तिमीहरुले ।
सकियो सबै अब नाम मात्रै शेष छ ।
निराजन प्रभात
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment