बिछोडमा छट्पटिदै एकान्तमा रोको देखे ||
धेरै भयो छुटिएका झट्टै फर्की आउ भन्थी
सुख केही चाहिन्न रे संगै बाँच्ने धोको देखे ||
बिछोडिने चाह हैन जिम्मेदरी काँधमा थ्यो
चिची पापा भन्ने मेरा लाला बाला भोको देखे ||
नहुँदा नि भा कै थियो जती भयो उती लोभ
जती भर्यो नभरिने लालचको डोको देखे ||
गरीबको कर्मै यस्तो दोष मैले कस्लाई दिनु
भात मुछ्ने हातै भरी ठेला उठ्या फोको देखे ||
जीतु खड्का (गाउले )
मोरंग उर्लाबारी
![]() |
मेरा दुइ छोरी रोजिना र रोशनी |
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment