गर्नु गरे रक्सि खाका गित गाएर !
हामि पनि गाँउछौ अब सुन नारि तिम्रा गित !
तिम्रै खेदो नखनि त मरेननि धित !
बर्षै पिच्छे तिज आँउदा चेलि जम्मा भएर !
गर्नु गरे रक्सि खाका गित गाएर !
रुखो बोले भनि फेरी नभिजाए नयन !
अब तिम्रा चर्तिकला गर्छौ बयान !
मान्न छाडेउ रिति रिबाज पुराना ति संस्कृति !
नाङ्गै हिड्न थालेका छौ ल्याएउ बिकृति !
बर्षै पिच्छे तिज आँउदा चेलि जम्मा भएर !
गर्नु गरे रक्सि खाका गित गाएर !
पुष माघमा मीनी स्कट के को हुन्थ्यो साडी झै !
बाङ्गा बाङ्गा खुट्टा बनाई लैना पाडी झै !
घरमा बुढो साचि राखि साथमा केटो लिएर !
खाका छौ भो लुकि लुकि रक्सी बियर !
बर्षै पिच्छे तिज आँउदा चेलि जम्मा भएर !
गर्नु गरे रक्सि खाका गित गाएर !
घर देखि माईति सम्म फाटो ल्याउछौ कुरा लाई !
तिजमा उल्टा गित गाँउछौ साडि चुरा लाई !
नबारिमा धिरौला नत घरको सिरौला !
सक्छउ सबै हुन्छ हाम्लाई कहीले फीरौला !
बर्षै पिच्छे तिज आँउदा चेलि जम्मा भएर !
गर्नु गरे रक्सि खाका गित गाएर !
दुई चार पैसा कमाउनिले भुईमा खुट्टा टेक्दैनौ !
त्यति भएसि अरुलाईत मान्छे देख्दैनौ !
बर्षै पिच्छे तिज आँउदा चेलि जम्मा भएर !
गर्नु गरे रक्सि खाका गित गाएर !
![]() |
बिष्णु पौडेल |
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment