बैश बित्यो 'पर्खाई'मै जवानी रुदैछ
बिछोडको छुट्टै कथा काहानी रुदैछ||
अझै छुट्टी मिल्या छैन बेग्लै छ बेदना
प्रदेशमा आज मेरो राहादानी रुदैछ||
रुदै दिई बिदा भन्थी नजाउ भनेर
प्रतिक्षामा बाटो कुर्दै सान्नानी रुदैछ!!
आना सुक्का बिर्सियौ कि डलर गनेर
कन्तुरमा खोटो सिक्का चौआनी रुदैछ||
बन्दै बन्द संधैभरी ओभानो भो चुल्हो
गरी खान देउ भन्दै स्वाभिमानी रुदैछ!!
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment