आज नयाँ बर्ष सँगै रमाउछु
नौलो खुशी हर्ष सँगै रमाउछु !!
सुख मलाई चाइदैन पलभरको
चुनौती र संघर्श सँगै रमाउछु !!
लाटो छु म अज्ञानी छु खुशी छु म
मेरो आफ्नै आदर्श सँगै रमाउछु||
हत्या हिंसा चाहन्न म गृह युध्द
बिचार र बिमर्श सँगै रमाउछु!!
जिन्दगीको लडाईंमा होमिएको छु
बिजयको उत्सर्ग सँगै रमाउछु||
नयाँ बर्ष २०६९ को सुखद उपल्क्षमा हार्दिक मंगलमय शुभ कमना को साथै यो गजल मार्फत अभिनन्दन टक्राउछु
शुभ कामना शुभ कामना शुभ कामना
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment