Pages

Tuesday, April 24, 2012

गजल २६

देखायौ सपाना साकार भएन
बगेको पानि झैँ आकार भएन!!

बेच्दै थ्यौ बैश त्यो मोलेर पैसामा
बिकेन जवानी ब्यापार भएन!!

असारे महिना हिलो छ कुहेको
के गर्नु बाउसे रोपार भएन!!

कुरीती बोकेर हिन्दै छौ हामी नै
समाज हाम्रै हो संस्कार भएन !!

पथ्थर पुजेर थाकेंन पुजारी
कलिमा दैबको चमत्कार भएन!!


जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: