Pages

Wednesday, May 16, 2012

गजल ३७


मैले भन्दा नसुने झै आनाकानी गर्यौ 
आफ्नै खुशी सधैं भरी मनमानी गर्यौ!!

नगर्नु थ्यो गर्यौ गल्ति माफी किन माग्यौ ?
फेरी आज अर्को भुल  जानीजानी गर्यौ !!

प्याला भित्र जाम हाल्यौ बेहोसी भै ढले 
बेहोसिमा तिम्रै राज तानीतानी गर्यौ!!


प्यासी तिमी बेहोसी म कहाँ सुन्थे मैले 
तड्पाइमा चिच्याउदै पानीपानी गर्यौ!!

आक्रोसित छन सारा ति गाँउले हरु 
संस्कारको सिमा मेटी मानहानी गर्यौ!!

जीतु खड्का गाँउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: