Pages

Wednesday, May 16, 2012

गजल ३६


बोको पनि खसी हुन्छ दानो ठोके पछी
भोगी पनि योगी हुन्छ झोली बोके पछी !!

नजरको धोका हो कि नसाको हो चाल
बुढी पनि च्वाँक देख्ने टुन्न धोके पछी !!

नबिक्ने त के नै छ र बजारमा राखे
जवानी नै बिक्दो रैछ मुल्य तोके पछी!!


जवानीको जोस सँगै नगुमाउ होस
पछुतोमा पर्छौ हेर!बैश पोखे पछी !!

बाँचुन्जेल लाठी मुङ्रा आँखा तरी हेर्थ्यौ
कठै बरा! किन भन्नु जिब्रो टोके पछी !!

हेल्मेट नै लाको छैन कुदा भैरे कुदा
ट्राफिकले पैसा माग्छ घ्याच्च रोके पछी!!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: