Pages

Wednesday, May 16, 2012

गजल ३५


आफ्नै पो काहानी सुनायौ तिमीले
पोखाइ बेदना के पायौ तिमीले !!

बैगुणी  रहेछ  मान्छेको जात नै 
आखिर औकात देखायौ तिमीले !!

कुल्चिदै मर्यदा बिर्सेंर समाज 
अनौठो संस्कार चलायौ तिमीले !!


उखाल्यौ संकृती उम्रन नपाइ 
जोगाइ कु-रिति बचायौ तिमीले !!

लगाई पछाडी घुमायौ शहर 
तन्देरी युबालाइ थकायौ तिमीले !!

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
हाल- साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: