Pages

Sunday, June 03, 2012

गजल ४५


दु:ख संग खेल्दा खेल्दै बित्ने भयो जूनी  
पीडा हरु झेल्दा झेल्दै बित्ने भयो जूनी!!

गरीबिको गिलो आँटो कती बेल्नु मैले  
अती भयो बेल्दा बेल्दै बित्ने भयो जूनी!!

फर्की फर्की आँउछ किन दशा घरी घरी 
ह्याकुलाले पेल्दा पेल्दै बित्ने भयो जूनी!!


हिलो भित्र फंसेको छ जिन्दगीको गाडी 
जसो तसो ठेल्दा ठेल्दै बित्ने भयो जूनी!!

समयले  दिएको  त्यो  चोट हरु मैले 
हत्केलाले छेल्दा छेल्दै बित्ने भयो जूनी!!

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
हाल साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: