Pages

Sunday, June 03, 2012

गजल ४६

नलाउ आरोप जाली हो भनेर 
चाटेर फालेको थाली हो भनेर !१! 

हिलो हुँ हिलोमै फुल्दछ कमल 
संम्झियौ गलत नाली हो भनेर!२! 

नमिठो बचन बिर्सिए मैले त 
आबेगमा निस्केको गाली हो भनेर!३! 

स्वर्गको आभाष गराउने झुपडी 
भो हेला नगर पाली हो भनेर!४! 

ममता फिँजाइ हाले थे बिस्कुन 
उठायौ पाकेको बाली हो भनेर!५! 


मुहार त्यस्तै छ दैबले दिएको 
उपहास नगर काली हो भनेर!६! 

जिबन पथमा भुलेर कर्तब्य 
ननाघ्नु मर्यदा साली हो भनेर!७! 

बिर्सिए हुने छ तिमीले गाँउले 
खेतमा हराको फाली हो भनेर!८! 

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: