Pages

Saturday, June 02, 2012

गजल ४४+1

चार बर्ष सम्म लुतो कनाएर बबाल भो 
जनमुखी संम्बिधान बनाएर बबाल भो!! 


तिघ्रो मुत्दै बसेका थे बानेश्वरको खोर भित्र 
ह्वात्त निस्के बोका पाठी गनाएर बबाल भो!!


अचम्मै छ गाँठे यहाँ आँफै धामी आँफै बोक्सी 
बैध लाई डाक्टरले मनाएर बबाल भो!!



सहमती सहकार्य उस्ले गर्दा भङ भयो 
आफ्नो दोष अरु माथि खनाएर बबाल भो!!


सर्बोच्चको आँङ्कुसेले तान्यो क्यारे बाबुराम 
लुरु लुरु उपस्थिती जनाएर बबाल भो !!


गरिबीको कुम्लो बोक्दै थाकी सके जनता त 
चुनावको हलो फेरी तनाएर बबाल भो!!


जीतु खड्का गाउले 
मोरंग उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: