Pages

Monday, June 11, 2012

गजल ४९


बिक्रिती र बिसंगती माथि ब्याङ प्रहार

पाकेको थ्यो झप्री केरा बोक्रै संग खायौ रे 
प्यान्टे भुँडी ढल्काउदौ अस्पताल धायौ रे !!

कस्ले देख्यो बजारमा अर्धनग्न हिडेको ?
फेसन भन्दै नयाँ चोली उधारेर लायौ रे !!

बैश चड्दा मै मत्त  भै जित्न भनी संसार 
हिनेकी थ्यौ झोला बोकी फर्किएर आयौ रे !!

मदिराले लट्ठ हुँदै आफ्नै घर बिर्सेंर 
लर्बरिदै मध्य रात अँधेरीमा छायौ रे!!!!


बाउ बाजेको नाकै काटी लत्याउदै मर्यदा 
हरे !शिव बिना बाउ घोर्ले छोरो पायौ रे!!

हकार्दै थ्यौ लुम्रे झुम्रे पहलवान बनेर
'गाँउले'को सामु पर्दा वाख्ख मुख बायौ रे!! 

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: