Pages

Saturday, June 09, 2012

गजल ४८

अन्जानैमा बाटो कतै बिराए कि मैले 
नौनी जस्तो तिम्रो मन पिराए कि मैले!!

हिमाल झैँ ठाडो शिर झुकाएर आज 
दुनियाको नजरमा गिराए कि मैले !!

स्वतन्त्र छौ तिमी पनि छोडि जाने भए 
बोझ लाग्ने सम्बन्ध पो भिराए कि मैले!!



पादरी कि छोरी रै'छौ भिन्नै रै'छ धर्म
मुर्ति पुज्न मन्दिरमा
छिराए कि मैले!!

खुशी खेल्ने आँखा भित्र भराएर आँशु
पिरतीको मूल्य कतै
तिराए कि मैले!!

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: