Pages

Monday, June 11, 2012

गजल ५०


श्रमजिबी युवा हरु जुट्नु पर्छ अब 
हातेमालो गर्दै माथि उठ्नु पर्छ अब!! 

गाँउ  गल्ली भिरपाखा कन्दरामा पनि 
बिकासको मुलहरु फुट्नु पर्छ अब!!

डुकृदै छन बुढा गोरु होक्काँ होक्काँ गर्दै
जुवा हाली ह ह भन्दै कुट्नु पर्छ अब!!


जातियता कलहले फाट्यो  होला मन 
भाईचाराको डोरी हाली खुट्नु पर्छ अब!! 

गरीबनै लुटी लुटी लुकाएर राख्या  
सामन्तिको कालो धान लुट्नु पर्छ अब!!


जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: