Pages

Wednesday, June 20, 2012

गजल ५७


हिन्दा हिन्दै दोबाटोमा अनयासै रोकिए म 
अंधेरीमा टोलाउदा आफै सँग ठोकिए म!!


मुटु भित्र चोट लाग्दा रसाएछन आँखा मेरा 
परेलिले छोप्दा छोप्दै आँशु बनी पोखिए म!!


फटाहा र जाली बस्ने तिम्रो पापी शहरमा 
बेची आत्मा सम्पतीको तराजुमा जोखिए म!!



ओभानो त्यो चुल्हो बाल्न झोला बोकी प्रदेशीदा  
श्रम बेच्ने बजारमा कौडी मुल्य तोकिए म!!


गरीबीको कथा चर्को आज फेरी बन्द अर्को  
कसो कसो महङीको बैसाकिमा बोकिए म!!



जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: