Pages

Tuesday, June 26, 2012

गजल ५८

छिमेकीले डाहा गर्छ मेरो प्रगतिमा 
सँधै भरी मुर्मुरिन्छ मेरो उन्नतिमा!१! 

सार्है खुशी हुदो रैछ मलाई दु:ख पर्दा 
ङिच्च दार्हा देखाइ हाँस्छ मेरो दुर्गतिमा!२! 

कोदालाको बिड खोली हान्छु पाँसुलामा 
लोभी आँखा गाड्दो रै'छ मेरै श्रीमतिमा!३! 



माथि बाट जन्ती आए पँञ्चे बाजा ठोक्दै 
संखध्वनी सुन्दो रै'छ बाजा नौमतिमा!४! 

पापको त हाँडी नै छ मर्दा किरा पर्छ 
सेवा धर्म पित्को छैन बजिया असतिमा!!५! 

जीतु खड्का
मोरङ उर्लाबारी
 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: