Pages

Tuesday, June 26, 2012

मुक्तक हरु

मुक्तक १ 
आँशु बनी परेलिको बाटो गरी बहन देउ 
मेरो मुटु बन्दगीमा तिमी सँगै रहन देउ!
जती चोट परे पनि टुट्ने छैन साहास मेरो 
यो छातीमा हिम्मत छ अझै पनि सहन देउ!!



मुक्तक 2
स्मृतिका पाना भरी तिम्रै नाम कोरी दिउ कि ?
थाहै नपाई तिम्रै मुटु तिमी बाटै चोरि दिउ कि ?
थाप झोली पार पोको भरी दिन्छु खुशी बटुलेर 
चन्द्रमाको ज्योति टिपी तिम्रै पोल्टो भोरी दिउ कि?



मुक्तक 3
निर्मोहिको अङालोले मार्यो 
बिछोडको भङालोले मार्यो !
मुटु भित्र गाँठो पर्छ याद 
बेदनाको सङालोले मार्यो !!


मुक्तक 4


कोरीबाटी चुलठी सिगारु कि तिमीलाई 
लगाएर मोहोनी बिगारु कि तिमीलाई ??
मोहोनी ले भएन कसो गरु तिमीलाई 
पाखुरामा समाइ घिसारु कि तिमीलाई ??



मुक्तक 5
आधा अधुरो काहानी थ्यो मेरो 
हल्का मधुरो जवानी थ्यो मेरो!
जली चितामा उड्दै छु हावामा 
उड्दै गरेको खरानी छ मेरो!!



मुक्तक 6


आज राती मेरै घरमा सुतेर पो गयो 
साँचै साथी मेरै घुरेन मुतेर पो गयो!
लंका जित्दा हनुमानले रमाउदै थ्यो ढेडु 
सत्य नाती रातो पगरी गुथेर पो गयो!!



मुक्तक 7
आज भोली ठुलि भैछ सिगाने  मोरी सिला 
छोटो कट्टु माथि सार्दै देखाई हिन्छे फिला !!
सम्पत्तिको धक्कु दिन्छे देखाउदै रुयपा पैसा 
मर्दा खेरी लान्न होली त्यसका बाउका टिला
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: