Pages

Saturday, June 02, 2012

गजल ४४


सपनाको शहरमा नौलो खुशी बुन्दै थिएँ 
पिल्सिएर अभावमा मरिन्छ रे सुन्दै थिएँ !

कल्पनामा रेखाकोरी सुनौलो त्यो भबिष्यको

रहरको थुंङ्गा टिपी एउटा माला उन्दै थिएँ ! 

खास्स खुस्स भन्थे कोहि खराब छ जमाना यो 

भन्ने हरु भन्दै थिए मन मनै गुन्दै थिएँ !


बियोगको  तड्पाईमा  आँखा हरु रसाएर 

बलेशी झैँ आँशु झर्दा परेलीमै  थुन्दै थिएँ !!

जवानी लाइ दु:ख भित्र डुबाएर बर्तमानमा  

क्षितिजमा बिलाएको भबिश्य लाई चुन्दै थिएँ !!


जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: