Pages

Saturday, June 02, 2012

गजल ४१


काटिन्छ यो शिर तर झुक्दैन नेपालीको
ताके पछी निसाना त्यो चुक्दैन नेपालीको!!

परी आए रगतले मुछौला देशको माटो
कोशी सुक्ला रगत यो सुक्दैन नेपालीको!!

सक्छौ भने ठोक गोली खोलेर आएँ छाती
पहाराले बनेको छाती दुख्दैन नेपालीको !!

शिर माथि सगरमाथा उठाइ बाँचेका छौ
लुकाएर स्वाभिमान लुक्दैन नेपालीको!!

जात जाती लडाएर नहेर भो रमिता
एकताको बन्द मुठी फुक्दैन नेपालीको!!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: