म निभेको दियालो हुँ नजलाउ मलाई
मृत्यु सैया टेकेको छु नथलाउ मलाई !!
कती भागौ समयको पछी पछी अझै
अभाबले गलेको छु नगलाउ मलाई!!
मिर्मिरेमा झरी जाने जून हेर्दै रुन्छु
आँशु भित्र रमाउछु नचलाउ मलाई !!
खुशी लेख्न भुल्यौ दैब निधारैमा मेरो
दैबले नै छलेको छ नछलाउ मलाई !!
अतितका खाटो जब बल्झिएर आउँछ
मुर्छा पर्दै आँफै ढल्छु नढलाउ मलाई!!
भीरको त्यो चिण्डो न हुँ घाँडो छु म आफै
कोपिलामै टिपे हुन्छ नफलाउ मलाई !!
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
http://www.nepalnewstime.com/a-gazal-of-jitu-khadka-gaunle/
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment