Pages

Tuesday, July 24, 2012

गजल ८०

मर्न पनि नसक्ने त्यो हुतिहारा मै हुँ 
आँशु बनी बगी रहने अश्रुधारा मै हुँ!!

खुशी भन्ने शब्द छैन निधारमा मेरो 
दैब बाट ठगिएको त्यो बिचारा मै हुँ!!

झुपडीको कथा ब्यथा बृतचित्र खिच्दै 
नेता ज्युले मागी खाने दु:खी नारा मै हुँ!!



उज्यालोमा रम्न खोज्दै बिहानीको पख 
मिर्मिरेमा टिम्टिमाउदै झर्ने तारा मै हुँ!!

पिरतीले रुवाउछ थाहा थियो मलाइ 
जानी जानी आफै फस्ने मतीमारा मै हुँ!!

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल अलसाफी कम्पनि
साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: