Pages

Tuesday, July 24, 2012

गजल ८१


योगी पनि भोगी हुन्छ नाङ्गेपछी यहाँ 
ज्ञानी पनि मुर्ख हुन्छ बाङ्गेपछी यहाँ !!


बर्त बसी पूजा गरी मनोकांक्षा पुगे 
कस्ले पुज्छ ढुङे मुर्ती साङ्गेपछी यहाँ!!


कस्ले रोप्यो फेरी आज बिकृतीको बिज 
संकार नै हराउने भो झाङ्गेपछी यहाँ!!



शहरको गल्ली गल्ली बैश बेच्दै हिन्दा 
ठोकिने छौ दोबाटोमा टाङ्गेपछी यहाँ!!


अँध्यारो ले छोपी राख इज्जतको पोको 
आन्द्रा भुँडी देखिने छ उदाङ्गेपछी यहाँ!!


जीतु खड्का गाउले 
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: