Pages

Tuesday, July 24, 2012

गजल ८२


सत्य कुरा झुटो हुने यो संसार बिचित्र छ 
चोखो माया जुठो हुने यो संसार बिचित्र छ!!


अचम्मै छ गाँठे यहाँ ओकलेमा सत्य कुरा 
चिलाउने लुतो हुने यो संसार बिचित्र छ!!


भोग्नेलाई मात्र था'छ अरबको दासता त्यो 
पैसा फल्ने बुटो हुने यो संसार बिचित्र छ!!



सत्य बाटो हिन्ने लाई पेट पाल्नै धौधौ हुँदा 
कु कर्ममै मुठो हुने यो संसार बिचित्र छ!!


गरीबको कथा चर्को महङिको चक्की भित्र 
पिसिएर ढुटो हुने यो संसार बिचित्र छ!!


जीतु खड्का गाँउले 


Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: