Pages

Tuesday, July 24, 2012

गजल ८३

जिन्दगीको गोरेटोमा थाक्नु हुन्न तिमीले 
अभाबमा पिल्सिएर पाक्नु हुन्न तिमीले|१| 

बैश हुँदा मख्ख पर्दै बुढी कन्या बसेर 
आफु भन्दा ठिटोलाई ताक्नु हुन्न तिमीले|२!

पक्कै खान्छ हालेपछी अजिङरको मुखले
जानी जानी खुट्टो त्यहा जाक्नु हुन्न तिमीले|३! 



सुख हुँदा ढुङ्गे मुर्ती भन्दै लात हानेर
दु:ख पर्दा दैब लाई भाक्नु हुन्न तिमीले|४!

मागे भन्दा धेरै दिन्छौ जती माग्छ कथाले
चिल्ला चाप्ला सांप्रा तिम्रा ढाक्नु हुन्न तिमीले|५!

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: