Pages

Tuesday, July 24, 2012

कम्सेकम मान्छे त हास्ने थिएनन

एक दिन को कुरो हो 
म मङलबारे नयाँ बजारमा मसिनी कान्छीको तुम्बा पसलबाट 
तुम्बा तानेर माथि रोडमा निस्किएको थिए|
पूर्वबाट एउटा सुकिलो कमिज लाएको मान्छे कालोपत्रे सडकमा 
यता र उता तल्लो छेउ र माथ्लो छेउ हल्लिदै मानौ कि 
कुनै जडिया मातेर खुट्टा लर्बरिएको हो हिन्ने प्रयास गर्दै छ|
म एकोहोरो त्यही ब्याक्ती लाई निहाल्दै थिए 
म सँग आएर झ्याप्प ठोकियो 
अनी लामो श्वास तान्दै भन्यो धन्यवाद हजुर लाई 
म उर्लाबारी बाट दमक हिनेको थिए हावाको बेगले मलाई
यहाँ सम्म ल्यायो यदी तपाईं सँग नठोकिएको भए साहायद म
पथरी वा बेलबारी पुग्ने थिए
कठैबरा!!बिचरा
उमेरले ४० नाघेका ति ब्याक्ती को तौल
काटी कुटी खुट्टा टाउको भुँडी हालेर २० केजी थियो होला
अनी उन्को र मेरो परिचय भयो
मैले भने म जित बहादुर खड्का तर म कहिले जित्न सक्दिन
उन्ले नि मुसुक्क हाँस्दै भने "हेर्नुस् न म दमक हिनेको मान्छे
हावाले यहाँ सम्म ल्यायो
मेरो नाम नि त्यस्तै छ मेरो नाम हो
पहलमान बिष्ट
म जोड सँग हाँसे ति ब्याक्ती को नाम सुनेर
जो मान्छेलाई हावाको बेगले आफ्नो यात्रा निर्धारण गराउछ उन्को नाम
पहलमान !
!
!
अनी रिसले मुर्मुरिए ति पन्डित हरु देखी
जुन ले न्वारन गरेर नाम राख्छ
ए   बाहुन हो 


यदी ज्योतिस शास्त्र र भबिस्यबाणी गर्न सक्ने बिध्या छैन आउँदैन
भने किन पुरेत्याइ गर्छौ तिमी हरु
एउटा ब्याक्ति बयस्क हुँदा २० केजी तौल कट्दैन
भने किन पहलमान नामाकरण गर्छौ ?
एक छिन आँफै तत्फताए अनी
हाम्रा गाउका मान्छेको नाम याद गरे
बिचरा धन बहादुर साँझ बिहान रिक्सा कुदाएर आफ्नो र परिवारको पेट भर्छ
उसैको नाम धन बहादुर
जो ब्याक्ती छिमेक मा सबै सँग झगडा गर्छ जो कोही सँग मिल्दैन
उसैको नाम बुद्धीमान बिष्ट
जो ब्याक्ती
दिनहु मागेर ठगेर आफ्नो पेट पाल्छ
उस्कै दान बहादुर धिमाल छ
यो महिला हेर्दै तर्साउली जस्ती छे
उस्कै नाम अप्सरा
जो ब्याक्तीको अनुहारमा बिफरले छ्याक्रा छ्याक्रा बनाएको छ
उसैको नाम सुन्दर ????
.............
..................
काही नभाको जात्रा हाडी गाउमा भने जस्तो
भबिस्य बाडी गर्न नसक्ने भए
आफ्नै बारीका फलफुल का नाम राखी दिनु
मुला साग भन्टा केरा कटुस खन्यु
टाटरी
..........
कम्सेकम मान्छे त हास्ने थिएनन
हामीलाई देखेर
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: