Pages

Saturday, August 11, 2012

गजल ९३


खुशीयाली मनाउदै छु जिन्दगीको मैझारोमा 
कती बाँच्नु खुशी राखी बन्दगी र उधारोमा !! 

अच्किल्टो त नपार भो चुलेसीमा रेटी रेटी 
सक्छौ भने ठोक गोली देब्रेपटी कन्पारोमा !!

कही कतै ढुक्ढुकी यो चल्यो भने सुस्त सुस्त 
घाँटी बेरी झुन्डाइ दिनु लिङ्गेपिङको लठारोमा!! 


शंख ध्वनी गुन्जाउदै कात्रो बेर्दा मलामिले 
पँलासको फूल बोकी नउभिनु तगारोमा!!

बियोगले छाती पोल्दा खटपटीदै कोल्टे फेर्नु 
झस्किएर निन्द्रा बाट नउठ्नु है अध्यारोमा!!

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: