Pages

Wednesday, August 01, 2012

गजल ८९


सर्माएका अधरमा लाज भेटे मैले
हृदयमा लुकाएको राज भेटे मैले!!


छाती भित्र हृदयमा लुकाएको नाता 
मेरै नाउ कोरिएको आज भेटे मैले||


बैमानीको शहरमा इज्जतको पोको
शिर माथी सजाउने ताज भेटे मैले||



पाए भने गिद्दले झै काँचो मासु लुछ्ने
मानबको स्वरुपमा बाज भेटे मैले||


चस्मा दोषी रैछ मेरो दुनियाँलाई हेर्ने 
हेर्ने दृष्‍टि उही नौलो अन्दाज भेटे मैले!!


जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: