Pages

Sunday, September 16, 2012

गजल ११३


स्वाभिमानी नेपालीका सम्मान बेचिए
लेखिएका मस्यौदा र बिधान बेचिए|१|

घण्टा बजाउ दियो बाल के हेर्छौ पूजारी?
आस्था संगै मन्दिरका भगवान बेचिए|२|

अलमल्ल हुँदै छन घाटमा मलामी
सत्यानास हिजै राती चिहान बेचिए|३|

कस्ले लुट्यो खुशी उस्को रुँदै छ बिचरा!!
हाँडा भाडा गरिबका निसान बेचिए|४|


सहमती सहकार्य कुर्शीको खेलमा
सत्ता सामु इमानका दोकान बेचिए|५|

अशिक्षा र अभाबको फाईदा उठाइ
बेसाहारा अबला र नादान बेचिए|६|

इज्रायल अरब अनी कतार दुवैमा 
युवा संगै युवतीका बथान बेचिए|७| 

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: